गौरिगंगामा एमालेको जित सुनिस्चित : मेयर उम्मेदवार पदम सिंगाल

कैलाली : कैलालीको गौरिगंगा नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित भैसकेकोले अरु दल अतालिएको मेयर पदका उम्मेदवार पदम सिंगालले बताउनुभएको छ ।

आज गौरीगंगा नगरपालिका-११ मा भएको घरदैलो कार्यक्रम पछिको कोणसभालाइ सम्बोधन गर्दै सिंगालले गौरिगंगा नगरपालिकाका जनताले जनताको प्यारो पार्टी एमालेका उम्मेदवारलाई सानदार मतका साथ बिजयी गराउने ठोकुवा गर्नुभयो ।

पालिकामा एमालेले जितेमात्र जन चाहना अनुसार काम अघि बढ्नेकुरा जनताले बुझेका कारण अरु दललाइ तनाब भएको उहाले बताउनुभयो । आफुहरुको जितमै जनताको भलाइ र गौरिगंगाको बिकास जोडिएको बताउदै मेयर पदका उम्मेदवार सिंगालले जनताले बिकास र समृद्धिका लागि सुर्य ध्वजा बाहक एमालेका उम्मेदवारलाई बिजयी गराउने बिश्वास ब्यक्त गर्नुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर