घोडाघोडीको विपन्न बस्तीमा एमालेका उम्मेदवार : भन्छन् सूर्यलाई हाम्रो साथ छ

कैलाली । स्थानीय तह निर्वाचनका लागि अहिले उम्मेदवारहरू घर दैलो अभियानमा सक्रिय छन् । कैलालीका १३ पालिका र १२६ वडाकै उम्मेदवारहरू निर्वाचन जित्ने गरी चुनाव प्रचार प्रसारमा लागि रहेका छन् । यसै बिच घोडाघोडी नगरपालिकामा एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी करुण बम बटाला विपन्न बस्तीमा पुगेकी छन् ।
घोडाघोडी नगरपालिका ४ को माघी रामपुर लगायतको क्षेत्रमा पुगेकी उनलाई मतदातहरुले जितको शुभकामना दिएका थिए । सूर्यलाई हाम्रो साथ छ मतदाताहरूले भने तर, निर्वाचन जितेपछि हामीलाई भुल्न पाइन्न ।
उम्मेदवारहरूलाई मतदाताहरूले विकास निर्माणमा चासो दिन आग्रह गरेका थिए । नदीमा पुल नहुँदा समस्या भएको भन्दै पुल निर्माण गर्न समेत उनीहरूले माग गरे । मतदाताहरूसँग मत माग्दै उपप्रमुखकी उम्मेदवार वटालाले सबै उम्मेदवारलाई जिताउन आग्रह गरेकि थिइन् । उनले एमालेको सरकार आए विकासको गतिले पनि तीव्रता पाउने बताइन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर