“घोडीघोडीका एक युवाले लेखे नवनिर्वाचित नगरप्रमुख खडक रावतलाई सुझाव पत्र “

श्री आदरणीय नगर प्रमुख ज्यू, हार्दिक नमस्कार !! आराम छु हजुरलाई पनि आराम नै होला भन्ने पूर्ण विश्वास राखेको छु। सबैभन्दा पहिला सुन्दर सुदुर पश्चिमको कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको नगरप्रमूख जस्तो गरिमामय पदमा जनता बाट निर्वाचित हुनुभएको मा म लगायत सम्पूर्ण घोडाघोडी नगरवासीको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौ ।
यो समय अलिकति बेचैनी को समय छ मेरा लागि हुनत यो समस्या मेरो मात्र होइन सम्पूर्ण देशवासीको होला किन भने यो भन्दा पहिले राजनीति र नेता शब्दबाट दिक्क वाक्क भएर होला भ्रष्टाचार र कुरितीले समाज भूमरीमा परेर होला यि मेरा नजरहरू जस्तै हजारौ नजरहरूले राजनीति र नेताप्रति नकरात्मक भाव राख्न विवस भएका छौ । पूर्वमा हर्क साम्पाङ मध्यमा बालेन शाह देखि पश्चिम मा गोपाल हमाल जस्ता व्यक्तिको उदयले पनि प्रस्ट हुन्छ नेपालका जनता परिवर्तन खोजिरहेका हुन कि? आशा छ तपाई उही पूर्वको हर्क मध्य को बालेन र पश्चिको गोपाल कै एक रूप हो ! आज रातीको एक बजिसक्दा पनि निद्रा परेन म सामाचार हेरिरहेको थिए र याद आयो मेरो नगरप्रमुख अर्थात मेरो मात्र नभई हाम्रो नगरवासी सबैको अभिभावक यानिकी तपाईको र एउटा सचेत नागरिकको हैसियतले ओच्छ्यानमा सुतिसकेको मान्छे जुरुक्क उठेर कुर्सीमा बसेर हजुरलाई सानो चिठ्ठी लेख्ने निधो गरे रिसानी नहोस है! नगरप्रमुख ज्यू तपाई र मेरो त्यस्तो एकदमै राम्रो चिनजान त छैन हगि तथापी हामी थोरै भएपनि एकआपसमा परिचित चाहि छौ के रे! यदि रहेनछौ भनेपनि अब त तपाई मेरो अभिभावक हो, मेरो शिर हो, मेरो नगरको प्रमुख हो त्यसकारण सम्मान साथ पत्र कोर्ने अधिकार म मा पनि छ कि भनेर सम्मान साथ पत्र कोर्ने प्रयास गरेको छु यदि हजुर को समय मिलेछ भने ५ मिनेट यसलाई दिएर पढीदिनु हुनेछ भन्ने पूर्ण विश्वास पनि गरेको छु।
यो पत्र लेख्नुको खास उदेश्य म लगायत म जस्तै हजारौ नगरवासी खुसी सुखी स्वस्थ्य र शिक्षित बनाउनुमा हजुरको महत्वपूर्ण भूमिका रहोस भन्ने हो ! म आफुलाई मेरो नगरको एक सचेत नागरिक हु भन्नमा कुनै हिचकिचावट पनि राखेको छैन किनभने धेरै नजानेको भएपनि के खराब र के सही भन्ने चाहि बुझ्ने भएको छु । त्यसैले म जस्तै सयौ सचेत नागरिकको प्रतिनिधित्व गर्दै आज हजुरलाई पत्र कोर्दैछु ! हुन त म जस्ता कयौ सचेत नागरिक मेरो देशमा छैनन बिडम्वना यहि त हो मेरो देशको मेरो समाजको !
नगरप्रमुख ज्यू समाज र समाजका हरेक व्यक्तिको बारेमा सोच्न थालेर यसै गरि मेरा कयौ रातहरू आखाका परेली एक ठाउ मिलन नहुदै दिनमा परिणत भएका छन घर बाहिर निस्किदा १३ /१४ बर्षका किसोर किशोरी धुम्रपान र मध्यमपान मा फसी विग्रेको देख्दा मुटु भक्कानिन्छ र सम्झिन्छु मेरो देश र राजनीति ! म एक २८ बर्षिय युवा जसमा मेरो परिवार मेरो समाज मेरो नगरको र देशको केही भएपनि लगानी छ मेरो माटोको लगानीको ऋण तिर्न त सक्दिन तर पनि प्रयत्न गर्न भने कदापी छोडने छैन आशा छ यसमा हजुर को सहयोग सदैव रहि रनेछ !
मैले आफ्नो औपचारिक शिक्षा देशकै प्रतिस्ठित संस्थाबाट राम्रै विषयहरुमा राम्रै अङ्क लिएर सकाइसकेको छु ! हुनत समाज परिवर्तनको एक मुख्य पेशा शिक्षणमा आवद्ध छु अरु पेशा भन्दा यसमा धेरै अंश बढी समाज सेवा हुन्छ भनेरै यो पेसा अंगालेको हु ! तर खुसी भने हुन सकेको छैन आशा छ यसमा पनि खुसीका किरण छाउनका निम्ति तपाईकै महत्वपूर्ण भूमिका रहनेछ ! मैले तीनओटा संकायका तीन विषयमा ( विज्ञान / रसायनशास्त्र, व्यवस्थापन / जनप्रशासन , मानविकी / राजनीति शास्रमा ) मा स्नात्तोकोतर गरिसकेको छु साथै कानुन विषय अध्यानरत को सिलसिलामा छु ! एउटा ग्रामिण भेगको माटो र झुपडीमा हुर्केको मान्छे हुनाले संघर्ष के हो बुझेको छु संगै पढ्ने कयौ साथीहरू अमेरिका युरोप का विभिन्न देश पुगिसक्नु भएकोछ मलाई पति उत्तै आउन प्रेरित गर्नुहुन्छ तर मेरो आत्माले कदापी मान्दैन म जस्तै अरु पनि त युवा साथी होलान जो आफनो माटो प्रति सर्मपित हुन चाहान्छन उनीहरूलाई हौसला दिनमा पनि हजुर को महत्वपूर्ण भूमिका रहने छ भन्ने विश्वास राखेको छु।
केही समाज परिवर्तन का निम्ति कागजी खाँकाहरु निर्माण गरेर राखेको छु । जस्तो कि शैक्षिक सुधारका बिषय, वातावरण प्रदूषण नियन्त्रका विषय साथै लागुऔषध दुर्व्यसनी न्युनीकरण का विषयहरु ! यि कुराहरुलाई सुधार गर्न सक्यो भने अवस्य पनि केही न केही हाम्रो नगर सुधार र असल बन्नमा बामे सर्न टेवा पुग्ने छ । वास्तवमा विकाश केहो ? मलाई त लाग्छ विकासका पूर्वाधारहरू शिक्षा स्वास्थ्य खानेपानी र सञ्चार जस्ता विषयलाई अगाडि बढाउन सबैभन्दा बढी चेतना को आवस्यकता पर्दछ आशा छ यि बिषयमा पनि तपाईको जोड रहनेछ ! हजुरको शालिनत सरल जीवन शैलीमा म धेरै प्रभावित भएको छु हजुरको कार्यशैलीमा प्रभावित हुन्छु हुदैन समयले देखाउला राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्ने चेतना अवस्य बोकेको छु। तपाईलाई सवै कुरा थाहा छ हाम्रो समाजमा काम भन्दा कुरा बढी गरेर समय वर्वाद गर्ने परिपाटी चलिरहेको छ भुतमा के भयो के भएन कसले के गर्यो के गरेन त्यस विषयमा समिक्षा गरेपनि त्यसमै समय विताउनु अवस्य राम्रो हुने छैन ।
बोलेर भन्दा पनि गरेर देखाउन सके अवस्य राम्रो हुनेछ ! तपाई शिक्षित र संघर्षरत युवा हो तपाईलाई सवै विषय थाहाँ छन सकारात्मक विचार र सकरात्मक विचार अंगानुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु यहाँ मैले म भनिरहदा म मात्र नभई सम्पूर्ण जनवोली लाई बुझ्नुहुनेछ त्यसमा पनि विश्वस्त छु ! सबै भन्दा ठूलो समस्या त हाम्रो समाज भयावह अवस्था बाट गुज्रिरहेको छ यसलाई निराकरण गर्नु अपरिहार्य छ ।
मैले त अब सभ्य समाज निर्माणमा मेरो भूमिका भन्ने नारा लिई प्रत्येक नागरिक संग पुग्ने धोको राखेको छु त्यसमा तपाई लगायत सम्पूर्ण बौद्धिक व्यतित्वले पनि साथ दिनुनै हुनेछ । जब प्रत्येक व्याक्ति सचेत हुन्छ तब परिवार समाज हुदै राष्ट्र सभ्य हुने कुरामा दुई मत नै छैन ! हजुरको – सहयोग रह्यो भने हजुरकै साथमा रही समाज सेवा र सकरात्मक कार्यका लागि निश्वार्थ भावनाले लागि पर्नेछु भन्ने प्रण समेत राख्दछु ! हजुर मेरो मात्र अभिभावक नभई सम्पूर्ण नगरवासी गरिब निमुखा हजारौ बेरोजगार युवा सयौ भूमिहिन नागरिकको अभिभावक हो, त्यसैले सबैको मन जितेर सबैलाई मिलाएर समग्र घोडाघोडी नगरलाई भिक्षित विकसित सम्वृद्ध सुसस्जित र नमुना पालिका बनाउनमा महत्वपूर्ण भूमिका खेल्नुहोस मेरै उमेर समुहका हजारौ विदेशमा रहेका युवालाई स्वदेशमै फर्किने वातावरण मिलाउने प्रयत्न गर्नुहोस सम्पूर्ण जनमानसको साथ सदैव रहनेछ
अन्त्यमा आदरणीय मेरो अभिभावक सकरात्मक सोच सकरात्मक विचार सकरात्मक मन सकरात्मक वचन सगै अहमता र घमण्डपन लाई आफुबाट टाढा राखी सुसासन कायम गरी सदैव हरेक जनको मनमा वस्न सफल हुनुहोस वास्तवमा समाज सेवा भन्दा ठूलो अरु के नै छ र ? यो व्यवहार र मन परिवर्तन कहिल्यै नहोस मन अनि आत्मा सफा र सुन्दर बनाई यो नगर सुन्दर बनाउन अहम भूमिका खेल्नु होस साथै शालिन बनिरहनु सदैव यो सरलपन कायम रही इतिहास लेख्न सफल बन्नु होला है नगर प्रमुख ज्यू समय उही कदापी रहदैन समय फर्केर पनि आउदैन सबै ज्ञान छ हजुरलाई ! दम्भ र घमण्डपन केही क्षणका लागि हुन्छ ! आशा छ घोडाघोडी मा सकरात्मक सोच भएका व्याक्तिहरूको जमात खडा गरी विकास सम्वृदी र सुसासनका निम्ति जोड दिनुहुनेछ ! पुजीवादी दलाल सामन्त वर्ग भन्दा गरिव र पिछिडिएका वर्गको हितमा काम गर्नुहोला भन्दै विदा मागे!

हजुरको शालिनता र सरल जीवन शैलीमा म धेरै प्रभावित भएको छु हजुरको कार्यशैलीमा प्रभावित हुन्छु हुदैन समयले देखाउला राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न सक्ने चेतना अवस्य बोकेको छु।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर