ललितपुरबाट अमेरिकन पेस्तोलसहित २ जना पक्राउ

ललितपुरमा अमेरिकन अटोमेटिक पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।  ललितपुरको बालकुमारीबाट बिहीबार दिउँसो सर्लाही लालबन्दी नगरपालिका १५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीरबहादुर  बम्जन पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट पेस्तोल १ थान, म्यागाजिन २ थान र गोली ४ राउण्ड बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर