दाजुको सम्झनामा मेरो दाई सार्वजनिक

अत्रिदेव खबर\लम्कि – क्रिकेट खेलाडी स्वर्गीय विरेन्द्र शाहीकाे स्मृतिमा प्रकाशित गीति एल्बम मेरो दाइ सार्वजनिक कार्यक्रम लम्किमा सम्पन्न भएको छ । २०५१ साल साउन १८ गते लम्किचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा बुबा माेति बहादुर शाही र आमा लक्ष्मि देवि शाही काेखबाट जन्म भएको विरेन्द्र शाहीकाे २०७७ साल फागुन १८ गते बाके जिल्लाकाे काेहलपुरमा माेटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

मृतक शाहि शुदुर र मध्यपश्चिम क्षेत्रमा आयाेजना हुने विभिन्न क्रिकेट प्रतियोगितामा परिचित नाम रहेको थियो । मृतक शाहिका भाइ शाहिल शाहिकाे रचना र स्वर रहेको गितमा संगित संयाेजनकाे कार्य रविन स्वार काजिले गर्नु भएको छ । उत्त गितमा दाजुप्रतिकाे सद्भाव र दाइ र भाइबिचकाे माया प्रेमलाइ देखाउने प्रयास गरिएको छ ।

लम्किचुहा नगरपालिकाका उपप्रमुख जुना चाैधरिकाे प्रमुख आथित्यतामा भएको कार्यक्रममा जानकि गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तिर्थराज उपाध्यायले विशिष्ट अतिथिकाे रुपमा सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा बाेल्दै जानकि गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तिर्थराज उपाध्यायले मृत्युपरेन्त व्यत्तिले गरेको याेगदान र कार्यकाे सधैं चर्चा हुने कुरामा जाेड दिदै युवाहरुले सधैं असल र इमान्दार हुन आवश्यक रहेको कुरामा जाेड दिनु भएको थियो । अध्यक्ष उपाध्यायले समय सबैभन्दा मुल्यवान कुरा रहेको कुरा अवगत गराउदै युवाहरुले समयकाे सधैं ध्यान दिनुपर्ने कुरा बताउनु भएको थियो ।

गीति एल्बम सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै लम्किचुहा नगरपालिकाका उपप्रमुख जुना चाैधरिले बिरेन्द्र शाहि लम्किचुहा क्षेत्रकाे एक उर्जावान युवा भएको कुरा बताउदै मृतक शाहिकाे सम्झनमा निर्मित गीति एल्बम बिमाेचन गर्दा अप्ठ्यारो महसुस भएको कुरा बताउनु भयो । उपप्रमुख चाैधरिले पछिल्लो समयमा खेलकुद क्षेत्र राष्ट्र काे पहिचान गर्ने एक महत्वपुर्ण कडिकाे रुपमा स्थापित हुदै गैरहेकाेले युवा हरुले त्यसतर्फ लगनशील भएर लाग्न आग्रह समेत गर्नुभयो ।चाैधरिले लम्किचुहा नगरपालिका पालिका भित्र सञ्चालन हुने हरेक खेल गतिविधिमा सहयोग गर्न तयार रहेको कुरा समेत बताउनु भएको थियो ।

पत्रकार सागर परियारले सञ्चालन गरेको कार्यक्रम मृतक क्रिकेट खेलाडिका दाजु रमेश शाहीकाे अध्यक्षतामा भएको थियो । उत्त गीति एल्बम सार्वजनिक कार्यक्रममा युवाहरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर