घोडाघोडीका मेयर, उप मेयरलाई सचेत युवा समूहले ध्यानाकर्षण पत्र बुझायो

कैलालीको घोडाघोडी नगरपालिकालाई सचेत युवा समूहले सुदृढ नगरपालिका बनाउनको लागी दूरदर्शी सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख खडक बहादुर रावत र उप प्रमुख गुलिया कुमारी चौधरीलाई सचेत युवा समूहले सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएका छन् । सुझाव तथा ध्यानाकर्षण पत्रमा समग्र घोडाघोडी नगरपालिकाको विकाश र जनताको जीवनस्तर सुदृढ बनाउनको लागी नगर सरकारले काम गर्नु पर्ने भनिएको छ ।

 

सामाजिक सेवामा आबद्ध र बिकाशप्रेमी बौद्धिक व्यक्तित्वहरूको समावेश गरी टिम बनाई कार्यपालिका बाट ऐन निर्धारण गर्नुपर्ने, सहकारीलाई नगर सरकारको मुख्य विकास उत्पादन र स्वरोजगारी सृजनाको अस्त्रको रुपमा प्रयोग गर्ने, सरकारी सेवामा जोडिन चाहने युवायुवतीलाई नगर सरकारले निःशुल्क तयारी कक्षाहरू संचालन गराउन आवश्यक पहल गर्नुपर्ने भनिएको छ ।

 

त्यसै गरी वडा र नगर सरकारले खेलकुद समिति गठन गरी वडा र नगरपालिकामा हरेक खेलको एक एक प्रशिक्षक नियुक्ति गरी निरन्तर प्रशिक्षण गराई खेलकुद संचालन गर्नु पर्ने, शिक्षालाई व्यवहारिक र प्रविधिका माध्यमबाट समय र आवश्यकता अनुकूलको व्यवहारिक शिक्षा लागु गर्नु पर्ने, व्यरोजगार युवायुवतीहरूलाई स्वदेशमै रोजगारी सृजन गर्ने सैद्धान्तिक र व्यवहारिक सिपमूलक कार्यक्रमहरू संचालन गर्नु पर्ने सुझाव तथा ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।

 

स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गरी संञ्चानल गर्न यथाशीघ्र गृहकार्य र पहल गरिनुपर्ने, अपाङ्ग,अनाथ,दोद्धको समयमा राज्य र तत्कालीन विद्रोही दुवैतर्फका सहिद,घाइते, बेपत्ता भएका योद्धाहरूका छोराछोरीलाई नगर सरकारले निःशुल्क अध्ययनको व्यवस्था मनाउनु पर्ने, यथाशीघ्र छाडा चौपाया व्यवस्थापनको लागी नगरपालिकाको निश्चित स्थानमा गौशाला निमार्ण र आवश्यक कामदारको व्यवस्थापन गर्न आवश्यक कार्य योजना बनाई छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने सुझाव तथा ध्यानाकर्षण पत्रमा भनिएको छ ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 60

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर