माओबादी यो ब्यवस्थाको जन्मदाता हो ः प्रचण्ड

कैलाली,भदौ २१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओबादी यो ब्यवस्थाको जन्मदाता भएको बताएका छन् ।
मगंलबार धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
जनताका मुद्धा स्थापित गर्ने ब्यवस्थाको लागी लडेको माओबादी प्रतिगामीहरुको घेराबन्दीबाट कत्तिपनी बिचलित नभएको बताउदै अध्यक्ष दहालले पार्टिका उम्मेदवारलाई निर्बाचन जिताउन कार्यकर्तालाई निदेशन समेत दिएका थिए । अध्यक्ष दहालले प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओबादी गोलीका नालहरु छिचोल्दै देशको सासनसत्ता परिवर्तन गर्ने पार्टी भएको कुरा जनताले मुल्याकंन गरेको भन्दै आउदो निर्बाचनमा माओबादी अझै बलियो शक्तिका रुपमा उदाउने बिश्वास ब्यक्त गरे ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘आगामी निर्बाचनमा हेडक्वाटरका वरिपरि घुम्ने मान्छेले टिकट पाउँदैनन् तपाई ढुक्क हुनुहोस् जो जनताको साथमा हुन्छ, पार्टी कार्यकर्ताको साथमा हुन्छ जो जित्छ उसैले पाउँछ, हेड क्वाटर वरिपरि घुम्नेले टिकट पाउँदैनन् ।’ पार्टीमा सिनियर हुनु र निर्वाचनमा टिकट पाउनु एउटै कुरा नभएको भन्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने ब्यक्तिलाई पार्टिले टिकट दिने र टिकट पाएको ब्यक्तिलाई सबै मिलेर जिताउनुपर्ने बताए ।
स्थानिय तहको निर्बाचनमा पहिले जितेका करिव पचास पालिका आफ्नै कारण गुमाउनु परेकोले आगामी निर्बाचनमा त्यसो हुनबाट बचाई पार्टिलाई अझै बलियो शक्तिका रुपमा स्थापित गर्नुपर्ने अवस्था रहेको बताए । उनले प्रदेश कमिटीलाई निर्देशन दिदै भने ‘जसको पक्षमा जनधार छ उसले नै टिकट पाउने हो, सबै कुराको मूल्याङ्कन गरेर पठाउनु होला ।
आगामी निर्बाचनबाट माओवादी पार्टी बाम पार्टीहरु मध्य सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गर्दै अध्यक्ष प्रचण्डले निर्बाचन पछी आफुले सबै कार्यकर्तालाई एउटा फरक क्रान्तिको लागी सडकमा आन्दोलमा लैजाने बताए । अहिलेको निर्बाचन प्रक्रिया आफुहरुको परिकल्पना भन्दा भयानक बन्दै गएको,सर्वहारा बर्गका नेताहरुले चुनाब लड्न नसक्ने स्थिीत आएकोले यो निर्बाचन प्रणलीको बिरुद्ध सडक संघर्ष गर्न आवश्यक रहेको बताउदै अध्यक्ष प्रचण्डले आफुलाई कार्यकर्ताले जनयुद्धमा जस्तै साथ दिने बिश्वास ब्यक्त गरे ।

फोटोः

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर