४१ करोडाको लागतमा बन्नेभयो  चाँगुनारायण नगरपालिकाको भवन

अत्रीदेव खबर/४फागुन

भक्तपुर :  भक्तपुरको चाँगुनारायण नगरपालिकाले ४१ करोडको लागतमा बन्ने आफ्नो प्रशासनिक भवनको आज एक कार्यक्रमका बिच शिलान्यास गरेको छ ।
चागुनारायण नगरपालिका –  ५ स्थित घुमाउनेमा ३० रोपनी क्षेत्रफलमा निर्माण हुने सुविधा सम्पन्न अत्याधुनिक नयाँ भवनको आज  जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, नेपाली कांग्रेसबाट नगर प्रमुखको प्रत्यासी उम्मेदवार राजाराम खड्काले संयुक्त रुपमा शिलान्यास गरेका छन  ।

नगरपालिकाको प्रशासनकी भवन, सेमिनार हल, एमओइसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर सहितको संरचनाहरु मध्य प्रशासनिक  भवन कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनीक हुने पालिकाले जानकारी दिएको छ कलात्मक रुपमा निर्माण हुने प्रशासनिक भवन ३ हजार ६४० स्क्वायरफिटमा ६ तल्लाको हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले नगरपालिकाको नयाँ भवनले कर्मचारी र सेवाग्राहीलाई सहज हुनुका साथै काम कारबाही समेत प्रभाबकारी हुने बताए  ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले नगरपालिकाको नयाँ भवनका लागि रुं ६० करोडको डिपिआर गरे पनि लागत घटाइएको बताउदै आवास र अतिथि गृहको भवन भने अहिलेको बजेटमा निर्माण नगरी दोश्रो चरणमा निर्माण हुने बताउनुभयो । निर्माण हुने भवनमा ५०० जनशक्ति अट्ने क्षमताको सेमिनार हल निर्माण हुने बताउदै उहाँले भवनभित्र नगरपालिकालाई चाहिने सम्पूर्ण कार्यालय र शाखाका लागि पुग्ने गरी नै भवन निर्माण हुने बताउनुभयो ।

नगर प्रमुख मिश्रले भवन शिलान्यास कार्यक्रममा सबै नगरबासीको उपस्थितिको प्रतिनिधित्व गराउने भन्दै मेयरका सबै प्रत्यासी र जनप्रतिनिधीलाई बोलाएर सबैले् संयुक्त रुपमा शिलान्यास गर्ने उद्श्यले आफूले राखेको बताउनुभयो । आफ्नै भवन बनाउने नगरवासीको सपना पुरा गर्ने कामको थालनी भएको मिश्रले बताए  ।

ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी भरयाङ्ग बसेर समेत काम गर्नु पर्ने अबस्था आएको र तीन वटा भवन भाडामा लिनु पर्ने समस्या नयाँ भवन निर्मणसंगै हट्ने उहाँको भनाई थियो । तत्कालिन उर्जा मन्त्रीले विद्युत प्राधिकरणमा रहेका खाली भवन नगरपालिकालाई दिने प्रतिवद्धता जनाए पनि प्राधिकरणले दिन नमाने पछि बाध्य भएर नयाँ भवन बनाउनु परेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं नगर प्रमुखका प्रत्यासी राजाराम खड्काले नगरपालिकाको आफ्नै भवन निर्माण भएसंंगै सेवाग्राहीदेखि कर्मचारीसम्मलाई सहज हुने चर्चा गर्नुभयो । उहाँले नगरपालिकाको भवनमा साघुरो हुँदा कतिपय फाइलहरु समेत यताउती पर्ने, हराउने र खोज्दा घण्टौ बित्ने समस्याले अब मुक्ति पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर