’विप्लव समूहसँग वार्ता हुने कुराले केहीलाई निन्द्रा लागेको छैन’ ः प्रधानमन्त्रि ओली

अत्रिदेव खबर\९फागुन
काठमाडौं ः नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लव समूहसँग वार्ता हुने कुराले केहीलाई छटपटी भइरहेको बताएका छन् ।
आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवमा बोल्दै ओलीले सो कुरा बताएका हुन् । उनले नेकपा प्रचण्ड नेपाल समूहका नेतातर्फ संकेत गर्दै विप्लव समूहलाई वार्तामा ल्याउदा केही व्यक्तिलाई छटपटी भइरहेको बताएका हुन् ।

शनिवार विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्‍न‍ अवस्थामा पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएको थियो ।

उक्त कार्यक्रममा ओलीले सरकारलाई अवरोध गर्नेहरु पार्टीबाट बाहिरिएपछि मात्र देश र जनाताको काम भइरहेको बताए ।

बैशाखमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताउँदै ओलीले निर्वाचनको लागि सरकार तयार रहेको बताए।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर