प्रधानमन्त्रीद्वारा बहुप्रतिक्षित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

अत्रीदेव खबर/१०फागुन

कंचनपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् ।

सोमवार औद्योगिक क्षेत्र निर्माणस्थलमा पुगेर प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । चर्चाको २५ वर्षपछि बल्ल दैजीछेला औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढेको छ । पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

२९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुने वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए ।
‘औद्योगिक क्षेत्रका लागि वेदकोट नगरपालिकाले ९०० बिघा जग्गा उपलब्ध गराएको छ,’ उनले भने, ‘तर हाल ४०० बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् । जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।’

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर