गौरिगंगाको महादेव माविको भवन शिलान्यास

अत्रिदेब खबर्/२५फागुन
मसुरिया ः कैलालीको गौरीगंगा नगरपालिका ९ मा महादेव माध्यमिक विद्यालयको ४ कोठा पक्की भवनको मंगलबार शिलान्यास गरिएको छ ।सुदुर पश्चिम प्रदेश सरकारको समपुरक अनुदान र गौरिगङ्गा नगरपालिकाको साझेदारीमा निर्माण गरिने भवनको वडा अध्यक्ष हरि प्रसाद तिवारीले शिलान्यास गरेका छन् ।

भवन शिलान्यास गर्दै गर्दा वडाको गौरवको शैक्षिक धरोहरको रुपमा महादेव माविले नगर तथा राष्ट्रले सम्झने योग्य असल नागरिक उत्पादनमा सबैले राजनीति दल भन्दा माथि उठेर विद्यालयको भौतिक प्रगतिसँगै समय युग सुहाउँदो स्वरोजगार युक्त शिक्षाको विकासमा हातेमालो गर्नुपर्ने आबश्यकता पूरा गर्न लाग्नु पर्न वडा अध्यक्ष तिवारीले बताएका थिए । भौतिक रुपमा भएको प्रगति अनुसारको शिक्षा र असल नागरिक उत्पादनमा विद्यालय प्रशासनले योजना बनाएमा आफ्नो साथ सहयोग सदैव रहिरहने प्रतिबद्धता तिवारीले व्यक्त गरेका थिए ।

भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, पुर्व विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा समाजसेवी बुद्धिजीवी लगाएको सहभागीता रहेको थियो । भवन २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको विद्यालयका प्रअ खड्क मन्नीले जानकारी दिएका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर