राष्ट्रिय कलेज सुखडमा एम बि एस पढाई हुने

अत्रिदेव खबर\६साउन
सुखड ः कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय कलेजमा अब एम बि एस पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त कलेजले एम बि एस कार्यक्रम सञ्चालन गर्ने लागेको आज एक कार्यक्रमको आयोजना गरी जानकारी गराईएको छ । कार्यक्रम संचालनार्थ पूर्ब तयारी तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कलेज सञ्चालक समिती उपाध्यक्ष लक्ष्मी सिंहको सभापतित्वमा भएको कार्यक्रममा घोडाघोडी नगरपालिका नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख रहेका थिए । कार्यक्रमका सहभागिहरुले कैलालीको मध्यक्षेत्रमा रहेको कलेजले घरदैलोमै गुणस्तरिय शिक्षा प्रदान गरेको बताए । शैक्षिक गतिबिधि सञ्चालनका लागि नया र उत्पादनमूलक कार्यक्रम सञ्चलन गर्ने उनिहरुको सुझाब रहेको थियो । राष्ट्रिय कलेजका क्याम्पस प्रमुख कर्ण भण्डारीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा यस क्षेत्रका शैक्षिक ब्यक्ति, सरोकारवाला प्राध्यापक र बिधार्थिहरुको सहभागिता रहेको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 41

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर