नेपाल सुपर लिग ः कठिन जितसँगै बुटवल प्ले अफमा

अत्रिदेव खबर\२५बैशाख
काठमाण्डौ ः नेपाल सुपर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा बुटवल लुम्बिन एफसी विजयी भएको छ ।

उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढी एफसीमाथि १–० को कठिन जित हात पारेको हो ।

खेलको ८० औँ मिनेटमा सुमन लामाले गरेको एक मात्र गोल बुटवललाई ३ अंक दिलाउन पर्याप्त बन्यो । उनले विलियम ओपोकुको क्रस बललाई पोस्टको दिशा दिएका थिए ।

यो जितसँगै बुटवलले ६ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा रहेर प्ले अफमा स्थान सुरक्षित गरेको छ । पराजय बेहोरे पनि धनगढी ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा कायम छ ।

बुटवलको यो जितसँगै प्रतियोगिताको प्ले अफ समीकरण पनि पूरा भएको छ । बुटवल लुम्बिनी एफसीसँगै, धनगढी एफसी, काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीले प्ले अफमा स्थान पक्का गरे ।

विराटनगर एफसी, पोखरा थन्डर्स एफसी र एफसी चितवन प्रतियोगिताबाट बाहिरिएका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर