एनएसएल ः धनगढी एफसी प्लेअफमा पुग्ने पहिलो टोली

अत्रिदेव खबर\२२बैशाख

काठमाडौ ः पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुग्ने प्रथम टोली धनगढी एफसी बनेको छ। दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा धनगढीले पोखरा थन्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै प्लेअफ यात्रा सुनिश्चित गरेको हो।

पोखरा थन्डर्सले आजको खेलमा उत्कृष्ट फुटबलको नमुना पस्किएको थियो तर पाएको मौकालाई सदुपयोग भने धनगढीले गर्न सक्यो।

प्रतियोगितका सर्वाधिक गोलकर्ता ओलावाले अफिजले इन्जुरीका कारण पहिलो हाफमै मैदान छोड्नु पारेको थियो। तर अफिजको स्थानमा मैदान प्रवेश गरेका नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर दर्शन गुरुङले धनगढीका प्रशिक्षक फूजा तोपेलाई निराश बनाएनन्।

दोस्रो हाफको ६८औं मिनेटमा दर्शनले उत्कृष्ट ‘लङ रेन्जर’ गोल प्रहार गरे। उनले डी–बक्स बाहिरबाट ‘राईट फुटेड लोफ्टेड शट’ प्रहार गर्दा पोखराका गोलरक्षक दिप कार्की बिट हुन पुगे।

धनगढीका गोलरक्षक किरण चेम्जोङले खेलभरि नै उत्कृष्ट बचाउ गरेका थिए। पोखराको ९ शट अन टार्गेटलाई किरणले विफल बनाइदिएका थिए। उनको यो उत्कृष्ट प्रदर्शनको लागि उनी ‘म्यान अफ् दि म्याच’ पनि घोषित भए। त्यस्तै धनगढीका अशोक खवास ‘ईमर्जिङ प्लेयर’ चुनिए।

यो जितसँगै धनगढी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ५ खेलमा १० अंक सहित धनगढी १ खेल खेल्नु अगाडिनै प्लेअफमा पनि पुगिसकेको छ।

पोखराले भने यस प्रतियोगितामा अहिलेसम्म मात्र एक गोल गर्न सफल भएको छ। ५ खेलमा ५ अंक सहित पोखरा ५औं स्थानमा छ। पोखराको प्लेअफ यात्रा कठिन बन्दै गएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर