किन नेपाल अझै बेलायतको रेडलिष्टमा

२ असोज\काठमाडौं । बेलायत सरकारको अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धलाई केही खुकुलो पार्दै आफ्नो रेड लिस्टलाई पुनरावलोकन गरेको छ । तर नेपाल अहिले पनि बेलायतको रेड लिस्टको सूचीबाट हट्न असफल भएको छ ।

४ अक्टोबरदेखि लागू हुने गरी बेलायतले ८ देशलाई रेड लिस्टबाट हटाएको छ । जसमा टर्की, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, श्रीलंका, ओमान, बंगलादेश र केन्या रहेका छन् ।
आउँदो बुधबारदेखि यी ८ वटा देश रेड लिस्टबाट हट्ने बेलायतका यातायात सचिव ग्रान्ट सेप्सले बताएका छन् ।

यसको मतलव ती ८ देशबाट बेलायत जानेहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने छैन । त्यस्तै खोपको पूरा मात्रा लगाएका ती देशका नागरिकले पीसीआर रिपोर्ट पनि देखाउनुपर्ने छैन । बेलायत सरकारले सार्वजनिक गरेको सूची सन् २०२१ को अन्त्यसम्म रहन सक्छ ।

कोरोना भाइरस महामारीपछि बेलायतले संक्रमणको जोखिमको आधारमा देशहरुलाई रेड, एम्बर र ग्रिन गरी ३ वटा सूचीमा राखेको थियो । अहिले रेडलिस्टबाहेक अरु देशको सूची हटाइएको छ । बेलायतको रेडलिस्टमा नेपालसहित ५० भन्दा बढी देश रहेका छन् ।

रेडलिस्टका देशमा १० दिनसम्म बसेकामध्ये बेलायती वा आयरल्याण्डको नागरिक र बेलायतमा बसोबासको अनुमति पाएकाहरु मात्र सहजै बेलायत प्रवेश गर्न पाउनेछन् ।

अरुले भने ३ दिनअघिको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको हुनुपर्नेछ । त्यस्तै बेलायत प्रवेश गरेपछि १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ र बेलायतमै गरिएको परीक्षणमा दुईवटा कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर