भुपेन्द्र बने नेपाल आइडल सिजन-४ को विजेता

भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर