नेपाल बुद्धिजीवी कैलालीको ७ औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः भट्ट

नेपाल बुद्धिजीवी परिषद् कैलाली जिल्लाको अध्यक्षमा पुनः रघुवीर भट्ट चयन भएका छन् । शनिवार धनगढीमा सम्पन्न नेपाल बुद्धिजीवी परिषद् कैलाली जिल्लाको ७ औँ जिल्ला अधिवेशनले अध्यक्षतामा भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

यस्तै अधिवेशनबाट उपाध्यक्षमा प्रकाश बहादुर छेडाल, सचिव एकेन्द्र भण्डारी, सह–सचिव राधा विष्ट र कोषाध्यक्ष डिल्लीराज विनाडी चयन भएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्का कैलाली जिल्ला अध्यक्ष रघुवीर भट्टको सभापतित्वमा सम्पन्न अधिवेशनमा पूर्व मन्त्री माननीय नारद मुनी रानाको प्रमुख आतिथी रहेका थिए ।

विशिष्ट अतिथिमा बुद्धिजीवी परिषद्का केन्द्रीय हिरा चन्दको उपस्थिति रहेको कार्यक्रममा नेकपा एमाले निर्वाचन विभाग सदस्य रण बहादुर चन्द, एमाले सचिव डेजी पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर