आगामी निर्वाचनमा सही विचार लिएर जनतामा जानुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सही विचार लिएर जनतामा जानुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धि र समाजवादका लागि सहि बिचार लिएर जनतामाझ जानुपर्ने बताए ।

उनले समृद्ध नेपाल, सुखी नेपाली भन्नु नै जनताको बहुदलीय जनवादको रूपान्तरण भएको तर्क गरे । केहीलाई समृद्ध नेपाल, सुखी नेपाली नारा नै मन नपरेको र यसलाई परिवर्तन गर्न खोजेको उनले बताए ।

अध्यक्ष ओलीले दरबार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा सावित गर्न अनेक नाटक गरिएको र कसैले त्यसबेला प्रश्न समेत उठाउन नसकेको भन्दै दरबार हत्याण्ड र मदन–आश्रित हत्याकाण्ड रहस्यमै सीमित हुन पुगेको धारणा पनि राखे ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेशनसँग सहकार्य गर्दै आएका त्रिभुवन विश्व विद्यालयका विभिन्न बिभागका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 49

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर