दिमागमा हुन्छन् गोप्य सुरुङ, गर्छन् यस्तो विशेष काम

के तपाईंलाई थाहा छ ? तपाईंको दिमागभित्र गोप्य सुरुङहरू हुन्छन् । दिमागमा सुरुङ हुन्छन् भन्ने थाहा पाउँदा आत्तिनु पर्दैन । वास्तवमा दिमागमा सुरुङ हुने तथ्य वैज्ञानिकहरूले सन् २०१८ मै पत्ता लगाएका थिए । त्यो दिमागी सुरुङले के काम गर्दछ भन्ने कुराचाहिं हालै पत्ता लागेको छ । दिमागमा हुने गोप्य सुरुङले मस्तिष्कलाई खप्परसँग जोड्दछ । अर्थात् यसले खप्पर र मस्तिष्कबीच सञ्चार गर्ने र सन्देश आदानप्रदान गर्ने काम गर्दछ ।

वैज्ञानिकका अनुसार दिमागमा रहेका ती गोप्य सुरुङले रोग प्रतिरोधी कोशिका अर्थात् इम्यून सेल्स र बोन म्यारोको प्रवाहलाई सहज बनाउँदछ । यसकै कारण आपतकालीन अवस्थामा मस्तिष्कबाट सरीरका अन्य भागमा र अन्य भागबाट मस्तिष्कमा आवश्यक रसायन पुग्दछ ।खप्परभित्र रोग प्रतिरोधक कोशिकाहरू रगतको बहावसँगै आवतजावत गर्ने मान्यता पहिले थियो । मस्तिष्कमा चोट लाग्दा शरीरका अन्य भागबाट रगतको बहावसँगै रक्तनलीमार्फत् दिमागसम्म कोशिकाहरू पुग्ने अनुमान थियो । तर हाल आएर वैज्ञानिकहरूले आवश्यक रसायन तथा रोग प्रतिरोधक कोशिकाहरू यिनै सुरुङको शर्टकट मार्ग भएर मस्तिष्कमा पुग्ने तथ्य पत्ता लगाएका छन् ।

मस्तिष्कघात तथा मेनेन्जाइटिसपछि खप्परमा प्रतिरोधक कोशिकाहरूको बहाव कहाँबाट हुन्छ भन्ने तथ्यको खोजी गर्ने क्रममा वैज्ञानिकहरूले गोप्य सुरुङहरु पत्ता लगाएका हुन् । मस्तिष्कमा जुन प्रतिरोधक कोशिकाहरू हुन्छन् त्यसलाई न्युट्रोफिल्स भनिन्छ । चोट लाग्दा वा आघात हुँदा सबैभन्दा पहिले यिनै कोशिकाले प्रतिक्रिया जनाउँदछन् । शरीरमा कुनै पनि भागमा जुनसुकै खालको पीडा हुँदा वा चोटपटक लाग्दा न्युट्रोफिल्स नै सबैभन्दा पहिले पुगेर सुन्निने, दुख्न तथा संक्रमणलाई रोकन प्रयास गर्दछ । वैज्ञानिकको समूहले यीमध्ये केही कोशिकालाई फ्लोरिसेन्ट रंगले रंग्याएर ती कोशिकाहरू  गुप्त सुरुङ भएर आवतजावत गर्ने तथ्य पत्ता लगाए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर