बर्दगोरियामा सेप्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

असार ८ सुखड, 
कैलालीको बर्दगोरिया गाउँपालिका १ बौनियामा सेप्टी ट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ । मङ्गलवार साँझ करिब ७ बजे खेल्ने क्रममा सेप्टी ट्याङ्कीमा खसेर लम्की चुहा नगरपालिका वडा नम्बर ४ कौवापुरका शङ्कर माझीको २ बर्सिया छोरी बिपना माझीको ज्यान गएको हो ।
मृतक बालिकाकी आमा पवित्रा माझीका अनुसार मङ्गलवार साँझ साढे ६ बजे घर बाहिर बसेर आमा सँगै उनी केही बेर खेलेकी थिइन । उनले भनिन्,… “मैले अब भित्र जाऊँ छोरी भने, तपाई जानुस् म यतै खेल्छु भनिन् । म बत्ती बाल्न भित्र आए, छोरी बाहिर खेल्दै थिइन । एक छिनमा बाहिर गएको त छोरी छैनन् । आत्तिएर खोज्न थाल्यौ, कतै फेला परिनन् । ६ः४० मा हराएको छोरी ७ः१० मा घरकै सेप्टी ट्याङ्कीमा फेला परिन । हतारमा अस्पताल लगेका थियौ, डाक्टरले मृत घोषणा गरिदियो ।”
उनीहरू व्यवसाय सञ्चालनका लागी कौवापुरबाट केही दिन अघि मात्रै बौनियाँ बजार आई सोमबार होटेलको उद्घाटन समेत गरेका थिए । मृतक बालिका खेल्ने क्रममा सेप्टी ट्याङ्कीमा खसेको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयका अनुसार सेप्टी ट्याङ्कीको सडक पट्टीको भागमा पहिला देखी नै सानो प्वाल परेको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर