एकताको बाटो खुला राख्न तिक्तता त्याग्नुपर्छ ः वामदेव गौतम

अत्रिदेब खबर/२५फागुन
काठमाण्डौ ः एमाले उपाध्यक्ष एवं पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले एमाले र माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको बताएका छन् । आफ्नै निवास भैँसेपाटीमा पत्रकारहरूसँग कुरा गर्दै गौतमले निर्वाचन आयोगले मिलाउन नसकेको विवाद सर्वोच्चले सल्टाएको बताए । अदालतले दुवै पक्षलाई सहज हुने गरी निर्णय दिनुलाई अन्यथा लिन नहुनेमा जोड दिए ।

‘प्रतिनिधिसभा पुनस्र्थापना गर्ने तथा एमाले र माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काउने दुवै निर्णयको मैले स्वागत गरेको छु,’ गौतमले भने, ‘सर्वोच्चले साबिकको अवस्थामा नफर्काएको भए दलविहीन भइन्थ्यो । अदालतको निर्णय स्वागतयोग्य छ ।’

गौतमले तत्कालका लागि एकता अभियान सक्रियताका साथ अगाडि बढ्ने पनि जानकारी दिए । विगतका तिक्तता बिर्सेर अघि बढ्नुपर्नेमा जोड दिँदै गौतमले अध्यक्षको हिसाबले केपी ओलीले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सबै निर्णय दुई अध्यक्षको सहमतिमा मात्रै हुने विधानका कारण समस्या भएको उनले स्मरण गरे । विचार र सिद्धान्तलाई थाती राखेर एकता गरिएका कारण पनि समस्या भएको उनको भनाइ छ । ‘विगतलाई धेरै कोट्याउनु राम्रो होइन । तर, एकता गर्दाको विधिविधान, प्रक्रियागत त्रुटि, वेलाबखत नेताहरूबाट निस्केका वचन र एकता गर्ने अध्यक्षद्वय स्वयं नै वादी–प्रतिवादीजस्तो भएकाले प्रयास गर्दागर्दै एकता जोगाउन सकिएन । यसबाट शिक्षा लिएर एकताको बाटो खुला राख्न तिक्तता त्याग्नुपर्छ ।’

पार्टी विभाजनमा गौतमको नै हात रहेको चर्चाबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘दुई अध्यक्ष दुईतिर मुख फर्काएर हिँड्दा पनि म एकताको पक्षमा उभिएँ, एकता अभियान चलाएँ, कसरी विभाजनमा मेरो भूमिका रह्यो ?’

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर