कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु

अत्रिदेव खबरर\१८बैशाख
धनगढी ः कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गएराति कैलालीको टिकापुरमा रहेको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको लम्किचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पनि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिवार बिहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर