कैलालीमा संक्रमण बढेपछि निषेधाज्ञा लम्बियो

अत्रिदेव खबर\१९बैशाख
धनगढी ः दोश्रो चरणको भेरियन्ट सहितको कोरोना संक्रमण बढेपछि कैलालीमा एक साताको लागि गरिएकोे जारी निषेधाज्ञा लम्बिएको छ ।
शनिवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले आगामी वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । यस अघि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा गरिएका थियो ।
पछिल्लो समय कैलालीमा संक्रमणदर बढ्दै गएपछि निषेधाज्ञा थप्नुपर्ने स्थिती भएकोले वैशाख ३० गते सम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।
उहाका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका भने यो निर्णय लागु हुने छैन ।
बैंक तथा बित्तिय सेवाको लागी भने वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९बजेदेखि साढे ११ बजेसम्म एउटा बैङ्कको एउटा शाखा मात्र खुला गर्ने गरी निर्णय भएको प्रजिअ रिजालले बताउनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 41

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर