अत्रिदेव खबर/२३ बैशाख
सुखड ः कैलालीमा अक्सिजन ग्यासको सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटनामा चार जना सामान्य घाईते भएका छन् ।

नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका ५ को डोकेबबजार क्षेत्रमा बिहिबार बिहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।

उनका अनुसार बर्दियाका २८ बर्षिय कर्ण बहादुर थापाले चलाएको ट्रकको पछाडीको टायर पड्किदा आफै अनियन्त्रित हुन गएको जनाएको छ । सो ट्रकमा नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासको सिलिण्डर लिएर आउदै गरेको जनाएको छ । दुर्घटनामा घाईते भएका चारै जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर