हामीलाई कसैको जस चाहिएको छैन, हामी जनता बचाउन लागिरहेका छौ ः ओझा

 

अत्रिदेव खबर \२४ बैशाख 

धनगढी ः गेटा मेडिकल कलेजमा निर्माण हुन लागेको आइसोलेसनको काम तिब्र भइरहेको छ । यस संगै १÷२ दिन भित्र अक्सिजन ग्याँस पुगे लगत्तै आइसोलेसन सञ्चालन गरिने जनाएको छ ।

आइसोलेसन निर्माणका लागी उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टका प्रमुख स्वकिय सचिव हितेस ओझा आफै खटिएका छन् । मन्त्री भट्टकै पहलमा निर्माण भइरहेको आइसोलेसन निर्माण कार्य तिब्र भइरहेको हो ।

हामीले धेरै चाँडो निर्माण गर्न खोजेका छौँ मन्त्री भट्टका प्रमुख स्वकिय सचिव ओझाले भने, ढिलो भएजस्तो लागेपनि काम धेरै थियो, निरन्तर काम भइरहेको छ, अहिलेको अवस्थामा हामीपनि जति सक्दो चाँडो आइसोलेसन निर्माण गरिरहेका हौँ ।’

हामीले ५ सय शैयाबाट शुरु गर्ने भनेका थियौँ अब जती शैया तयार छन् अक्सिजन पुग्ने बित्तिक्कै त्यतीबाटै शुरु गर्छौँ ।

उनले भने ‘अहिले आउने बिरामी भनेको अक्सिजन आवश्यक्ता भएकै बिरामी हुन् त्यस कारण बाहिरबाट अक्सिजन मगाएका छौँ त्यो अक्सिजन सायद शुक्रबार साँझ पुग्छ र सकेसम्म सनिबारबाट यहाँ आइसोलेसन शुरु हुन्छ ।’

ओझाले प्रदेश संघ र स्थानिय तहकै सहकार्यमा आइसोलेसन बनाउने भनिएपनि प्रदेशले यता चासो नदेखाएको बताए ।

प्रदेशलाई आउन आग्रह गरेका हौँ आएनन उनले भने ‘जसो भएपनि हामी आइसोलेसन बनाएर उपचार गर्छौ हामीलाई कसैको जस चाहिएको छैन, हामी माइलेजका लागीपनि काम गरिरहेका होइनौँ कसैलाई भ्रम भए त्यो भ्रम आजैबाट त्याग्नुस हामी जनता बचाउन काम गरिरहेका हौँ ।’

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर