कोरोनाको खोपमा भ्रष्टाचार गर्नेलाइ कडा कारबाही हुनुपर्छ ः देउवा

अत्रिदेव खबर\२४ वैशाख,
काठमाडौं ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको खोपमा पनि भ्रष्टाचार गर्नेलाइ कडा कारबाही हुनुपर्ने बताएका छन् । उनले कमिसनका कारण कोरोनाको खोप आउन नसक्नु अक्षम्य अपराध भएको बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि पर्याप्त समय पाउँदा पनि सरकारले जिम्मेवारी बोध नगरेको र समयमा खोपसमेत व्यवस्था नगरेको उनको आरोप छ । त्यही कारण अहिले कोरोना संक्रमण उच्चविन्दुमा परेको भन्दै सभापति देउवाले भनेका छन्, ‘यस्तो अवस्था सिर्जना हुनुमा यो सरकार पूर्ण रुपमा जिम्मेवार छ ।’

शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति देउवाले कमिसनका कारण खोप आउन नसकेको सार्वजिाक भएको बतएका छन् । ‘जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो’ उनले भनेका छन्, ‘जनताको जीवन रक्षा गर्नुपर्ने सरकार स्वयं जिवनदायीनी औषधि (खोप) भ्रष्टाचारमा संलग्न हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ ।’

उनले यसमा संलग्नहरुलाई कारबाही गर्न माग गरेका छन् । साथै जनताको जीवन रक्षा गर्न आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधीको तत्काल व्यवस्था गर्न माग पनि गरेका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर