कोरोना कहरमा बिपन्नको घरघरमा खाद्यान्न पुर्याइरहेका कलाकार बनकाइला र सम्राट

अत्रिदेव खबर/३१बैशाख
रातको १२ बजे कपन क्षेत्रबाट मेरी बास्सैका कलाकार कृष्ण जोशी बनकाइलालाइ फोन आयो । राति अवेर भएपनि कृष्णले फोन उठाए ।

फोनमा रुदै एकजना पुरुषले सर हाम्रो घरमा खानेकुरा केही छैन हजुरहरुले सहयोग गर्नुहुन्छ भन्ने सुनेर कल गरेको भनेर । यति सुन्ने बित्तिकै कृष्णले सम्राटलाई भने अनि उनिहरु चामल, दाल,नुन,तेल लगायतका खाद्यान्न सामग्री लिएर कपन हिडे । उनिहरु हिड्ने बेला रातको साढे १२ बजिसकेको थियो ।
आफुहरु त्यहा पुग्दा बास्तवमै खाद्यान्नको अभावमा उहाँहरु भोकै बस्नुपरेको रहेछ । हामिलाई देख्ने बित्तिकै खुशी हुदै आफ्ना केटाकेटीले खाना खान पाउने भएभन्दै करिव ४० बर्षिय दाइले हामिलाई देउता आएझै लाग्यो भन्दा आनन्द महसुस भयो कृष्णले भने । हो यस्तै गरिव दुखीको साथी बन्न चाहन्छौ हामी ,भोकले कोही मर्न नपारोस भन्ने हाम्रो चाहना हो भन्दै कृष्ण भावुक बने ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिँदै गइरहेको अवस्थामा लक्षणसहितको बिरामीको संख्या बढ्दै गएकाले अधिकाशं अस्पतालका कोभिड वार्ड सबै भरिभराउ छन्। दैनिक संक्रमण दर बढ्दै गएकाले अस्पतालमा अक्सिजन पनि अभाव हुन थालेको छ। यो अवस्था सिर्जना भएसँगै आम सर्वधारणमा कोरोनाको त्रास झन बढेको छ ।

कोरोनाको त्राससँगै अहिले काम गरेर बिहान–बेलेकी छाक टार्नेहरु घरमै खुम्चिन बाध्य भएका छन्। कोरोना महामारीका गर्दा उनीहरुले काम गर्न पाएका छैनन्। कोरोना संक्रमणको चिन्ता त छदै छ, तर काम गर्न नपाए पछि बिहान बेलुकी छाक कसरी टार्ने भन्ने अर्काे चिन्ता थपिएको छ। यस्तै सम्राट चौलागाई र मेरी बास्सैका कलाकार कृस्न जोशी (वन काइला) ले घरघरमा खाद्यन्न उपलब्ध गराउन पाउदा आनन्द लागेको गायक सम्राट चौलागाइले बताए ।

कृष्ण र सम्राटले अहिले काठमाडौं, भक्तपुर र ललितपुरका विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउदै आएका हुन् । निस्वार्थमा भावमा संकटको बेला कोरोना कहरमा आफ्नो ज्यानको प्रवाह नगरी कोही पनि भोकले मर्नू नपरोस भनेर उनीहरु सेवामा जुटको कलाकार कृष्ण जोशीले जानकारी दिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर