सरकारले गर्यो ११ देशमा राजदूत नियुक्तिको सिफारिस, कुन देशमा को ?

अत्रिदेव खबर\१ जेठ
काठमाडौं ः सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा राजदुत सिफारिस गरिएको हो ।

सरकारले परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्लेलाई अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि राजदूत सिफारिस गरेको छ । सिफारिसमा परेकाहरुमा तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशचन्द्र पौडेल श्रीलंका, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया, सुम्निमा तुलाधर अस्ट्रेलिया सिफारिस हुनुभएको छ । तुलाधार वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुनुहुन्छ । यसैगरी जंगबहादुर (जंगब) चौहानलाई रुसका लागि प्रस्ताव गरिएको छ ।

यस्तै, पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस हुनुभएको छ । यसैगरी ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा दमककी सुमित्रा सुवेदी भण्डारी र साउदी अरेबियाको राजदूतमा मेराज मुसलमानलाई प्रस्ताव गरिएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर