निसर्ग हस्पिटलमा नाकभित्र रहेको ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

अत्रिदेव खबर\१३जेठ
धनगढी ःधनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न अस्पताल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा नाकभित्र रहेको ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
सुदूर र मध्यपश्चिममै पहिलोपटक यसखालको अप्रेसन सफल भएको अस्पतालले जनाएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका ११ का १३ वर्षीय प्रितम चौधरीको नाकको भित्री भागमा रहेको ८×४ सेन्टिमिटर लामो ट्युमरको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।
नाक, कान तथा घाटीरोग विशेषज्ञ डाक्टर सुमन थापा, मुख, अनुहार तथा बङ्गरा रोग बिशेषज्ञ डा दीपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझालगाएतको टिमले चार घण्टा लगाएर शल्यक्रिया सफल पारेका हुन्।
गत माघ १५ गते नाकबाट निरन्तर रगत आएपछि उनी उपचारका लागि निसर्गमा पुगेका थिए । त्यसबखत अस्पतालले उनलाई रेफर गरेको थियो ।
अस्पतालमा उपकरण र डाक्टरको अभाव भएकाले उनलाई काठमाडौं जान भनिएको बिरामीका बुवा डाक्टर चौधरीले बताए ।
गम्भिर खालको बिरामी भएकाले काठमाडौं जान सल्लाह दिइएको अस्पतालले जनाएको छ । काठमाडौंमा सीटी स्क्यान गर्दा नाकभित्र मासुको डल्लो देखिएको र त्यहाँका डाक्टरले औषधि चलाएको उनका बुवा चौधरीले बताए।
‘केही समय ठिक भयो तर फेरि छोराको बिराम बल्झियो’, बुवा डाक्टर चौधरीले भने, ‘यस्तो लकडाउनको बेला कहाँ जानु, यहाँ केही भइहाल्छ कि भनेर लिएर आएँ, अहिले त अप्रेसन नै यहाँ भयो । छोरालाई निको भएको छ। आज घर लगेर जाँदैछु।’
प्रिंतम चौधरीको नाकभित्र ८×४ सेन्टीमिटरको ट्युमर भएको र त्यसलाई मेडिकल भाषामा एन्जिओफिब्रोमा(ब्ल्न्क्ष्इँक्ष्द्यच्इःब्) भनिने शल्यक्रियामा संलग्न डा सुमन थापाले बताए।


कसरी भयो शल्यक्रिया ?
मुख, अनुहार तथा बङ्गारा रोग विशेषज्ञ डा दीपक ठकुराठी भन्छन्, ‘दुरविनले सम्भब नभएकाले नाकको एक छेउबाट चिरेर ट्युमर निकालियो। यो यस क्षेत्रमै पहिलोपटक गरिएको अप्रेसन हो।’
उनका अनुसार बिरामीको नाकबाट पहिले नै रगत धेरै बगिसकेको थियो । जसका कारण बिरामीको शरीरमा हेमोग्लोबिनको मात्रा ५.५ मात्र थियो । ‘हामीले २ पिन्ट(पोका) रगत दिएर अप्रेशन गरेका हौँ’, डा ठकुराठीले भने ।
सुदूर र मध्यपश्चिममै पहिलोपटक नाकभित्र रहेको एकदम कम मानिसहरुमा हुने जटिल प्रकारको यति ठूलो ट्युमर पहिलोपटक निकालिएको अस्पतालका अध्यक्ष तीर्थराज पन्त बताउँछन।
कोराना कालमै पनि निसर्गले जटिल प्रकारका सल्यक्रिया गर्दै आएको उनले बताए। निसर्ग हस्पिटलमा यतिबेला नाक, कान, घाँटीरोग विशेषज्ञ डाक्टरको सेवा २४ सै घण्टा उपलब्ध भएको अध्यक्ष पन्तले जानकारी दिए।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 2

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर