भदौरे झरीका कारण देशभर १५ जनाले ज्यान गुमाए

पछिल्लो एकसाताको निरन्तरको भारी वर्षा (भदौरे झरी)का कारण देशभर १५ जनाले ज्यान गुमाएका छन्। भदौ १० पछिको बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए।  सो अवधिमा तीन जना बेपत्ता तथा १४ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ।

भौतिक क्षतिको विवरण संकलनको क्रम भने जारी छ  बताउँदै प्राधिकरणले अवरुद्ध कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ। प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन्। उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने १०९ जना घाइते भएका छन्। मनसुनजन्य विपद्मा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुंगे पुलमा क्षति पुगेको छ।

उक्त अवधिमा छ हजार १८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिए। पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ। मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा अघि बढाइएको छ। यस्तै पुनःस्थापन र पुनःनिर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर