प्रतिवेदन भन्छ- एसएसबीको संलग्नतामा तुइन काटियाे

तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका- २ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले आज गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रतिवेदनमा भारतीय सुरक्षाकर्मी एसएसबीको संलग्नतामा तुइन काटिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न तथा धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ ।

साथै धामीका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरेको छ । धामी गत १५ साउनम भारत जाने क्रममा व्यास- २ मा अवस्थित मालघाटबाट तुइनको प्रयोग गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन काट्दा धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

घटनापछि सरकारले १७ साउनमा सहसचिव गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।- न्युज कारखाना

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर