बन्दकर्ताले सिमेन्ट बोक्ने गाडी जलाए, ट्रकमा पनि तोडफोड

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले हेटौंडामा बल्कर गाडी (सिमेन्ट बोक्ने गाडी) आगजनी गर्नुको साथै एक ट्रकमा पनि तोडफोड गरेका छन् । एमसीसी पारित गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका हुन् ।

बन्दकर्ताहरुले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेको शिवम् सिमेन्ट उद्योगतर्फ जाने सडकमा रिद्धि सिद्धि सिमेन्ट लेखिएको बल्करमा आगजानी गरेका हुन् । रातमाटेबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने क्रममा शिवम् सडकको पावर हायस नजिक बन्दकर्ताहरुले प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा खागजनी गरेका थिए । आगजनीबाट बल्करको अगाडीको भाग पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बन्दकर्ताहरुले हेटौंडा–१९ बस्तिपुरमा एक ट्रकमा तोडफोड गर्दै सडक अवरुद्ध पारेका छन् । बन्दकर्ताहरुले ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाएका छन् भने केही बेर सडक समेत अवरुद्ध पारेका थिए । हाल सो क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको र सडक सुचारु गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जनाकारी दिए ।

उनका अनुसार अन्य केही स्थानमा सडक अवरुद्ध गर्न टायर बाल्ने काम बन्दकर्ताबाट भएका छन् । सामान्य अवरोध भएपनि अवस्था प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर