पश्चिम सेती बनाउन माग गर्दै सुदूरवासीका एक लाख चिठी प्रधानमन्त्रीलाई बुझाइयो

पश्चिम सेती बनाउन माग गर्दै सुदूरवासीका एक लाख चिठी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ। पश्चिम सेती जलविद्युत आयोजना बनाउन दबाब दिँदै आएको बोलन्या थलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरवासीका एक लाख चिठ्ठी र २२ डोका बुझाएको हो।

लामो समयदेखि चर्चामा रहे पनि निर्माणको कुनै सुरसार नभएको ७ सय ५० मेगावाटको उक्त जलविद्युत परियोजना यथासक्य छिटो बनाउन माग गदै प्रदेशका नौ वटा जिल्लाका वासिन्दाले लेखेको पत्र आज प्रधानमन्त्री देउवालाई बुझाइको थलीका संयोजक यादव जोशीले बताए।
पत्र बुझेपछि प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणका लागि दबाब अभियानलाई धन्यवाद दिँदै आफ्नै पालामा परियोजना बनाउने प्रतिबद्धता जनाएका छन्।
थलीले २८ वर्षदेखि चर्चामा रहे पनि कुनै सुरसार नभएको उक्त परियोजना सञ्चालनको सुदूरका बाजुरा, कञ्चनपुर, कैलाली, बैतडी, डोटी, अछाम, बझाङ, दार्चुला, डडेलधुराबाट एक लाख पत्र सङ्कलन गरिएको थियो।
विज्ञापन

पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न भन्दै थलीले यस अघि तीन दिन माइतीघर मण्डलमा मण्डलमा एक लाख चिठी डोकोमा राखेर प्रदर्शन समेत गरेको थियो

सेती आयोजना निर्माणका लागि दबाब दिन ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० मैनबत्ती बालेर दिउँसै सरकार खोजी गरिसकेको छ। यस्तै काठमाडौँकै माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर