गठबन्धन गर्छौं भनेका छन् तर गाह्रो छ : ओली

प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन्। उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको बताए।

भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा ओलीले भने, ‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन। लोभिपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !’ सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रिय समितिबाट स्थानीय तह निर्वाचनमा सरकारमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय लिएको एक दिनपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो। उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई भनेर मनोनयनका लागि समय लामो राखिएको बताए।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 49

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर