स्थानीय तह निर्वाचनमा एमालेले गर्यो आसलाग्दा युवा परिचालन

कैलालीमा एमालेले युवा परिचालनलाई महत्त्व दिएको छ । १३ स्थानीय तहमै जित सुनिश्चित गर्ने गरी युवा परिचालन गरिएको हो ।
राष्ट्रिय युवा सङ्घ र अखिलले संयुक्त रूपमा युवा परिचालनलाई अगाडी बढाएका छन् ।
अहिले सूचना सङ्कलन तथा समन्वय केन्द्र स्थापना गरिएको छ । त्यहाँबाट प्रत्येक वडामा भइरहेको गतिबिधीहरुको निगरानी गर्ने र समस्या देखिएको अवस्थामा समन्वय गर्ने काम भइरहेको छ ।
‘एक वडा एक सय एक यूथ’  परिचालन अभियान पनि सुरु भइसकेको छ । धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा युवाको छुट्टै आन्तरिक संयन्त्र बनाइएको छ । उनीहरूलाई प्रविधिको माध्यमबाट केन्द्रीय संयन्त्रले निर्देशन दिने गरेको छ ।
यहाँका सबै वडाहरूको विषयमा निगरानी गर्न र परिचालन गर्न युवा परिचालन कमिटी गठन गरिएको छ । त्यसलाई प्रदेश कमिटी सदस्य राजेश खातीले संयोजन गरिरहेका छन् । त्यसमा  सत्यराज स्नेही, विनय शाह, कमल राना, मनोज राई, अरुण कुवर अभिषेक लोकनाथ, रुद्र आग्री, कुल रावल लगायत सदस्य छन् ।
प्रत्येक वडाको लागि पाँच वटा स्पेशल मोबाइल टोली खटाउने निर्णय गरिएको युवा नेता विनय शाहले जानकारी दिए ।
‘कैलालीको धनगढीमा हामीले निर्वाचन जित्ने आधार तय भइसकेको छ । त्यही अनुसार युवा परिचालन बढाइएको छ’ युवा नेता शाहले भने ‘युवा र विद्यार्थिहरुको संयोजनमा हामी अघि बढिरहेका छौँ ।’

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर