कैलालीमा टिप्परको ठक्करबाट एक वृद्धा घाइते

कैलालीमा टिप्परको ठक्करबाट एक वृद्धा घाइते भएकी छिन्। सोमबार बिहान जिल्लाको बर्दगोरिया गाउँपालिका-४ मुडा बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश ७ ०१-००१ ख २९९७ नम्बरको टिप्परले पैदलयात्री बर्दगोरिया-१ की ७० वर्षीया रिउचा सञ्ज्याल घाइते भएकी प्रहरीले बताएको छ

उनलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। टिप्पर चालक बर्दगोरिया-२ का ३६ वर्षीय रामकृष्ण गिरीलाई नियन्त्रणमा लिइएको उनले बताए। 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 41

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर