बिधार्थिहरुको ट्राफिक प्रहरीलाई ज्ञापन पत्र

१७ बैशाख सुखड
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा अध्यनरत अनेरास्ववियुका बिधार्थिहरुले ट्राफिक प्रहरीलाई ज्ञापन पत्र बुझाएका छन । साडेपानीमा रहेको ट्राफिक पोस्ट र मसुरियामा रहेको ट्राफिक प्रहरीलाई ज्ञापन पत्र बुझाएका हुन । क्याम्पसको बसमा असुरक्षित ,असुबिधाजनक र ट्राफिकको नियम उल्लंघन गरेर आउने जाने भएकोले सो बिषयमा ध्यानाकर्षण गर्न भनी पत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष असोक गौतमले जानकारी दिए । क्याम्पसमा अध्यन गर्न भनि कैलालीको ९पुर्ब गुलरा देखि पश्चिम् चौमाला० सम्मका बिध्यार्थी आउने गर्छन । धेरै टाढा बाट आउने भएकाले बसको क्षेमता भन्दा धेरै बिध्यार्थी ल्याउने कार्य रोक्न भनि पटक पटक ज्ञापन पत्र क्याम्पसमा बुझाउदा उक्त कार्य नरोकिएकोले ट्राफिकलाइ बुझाइएको गौतमले जानकारी दिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 41

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर