हामिलाई पाल्ने एमाले हो भन्दै जितको विगुल फुक्ने तयारीमा लाग्न धनगढीवासीको आग्रह

धनगढी । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई नै भोट दिने अठोट गरेका धनगढीवासीले अब जितको विगुल फुक्ने तयारीमा लाग्न आग्रह गरेका छन । चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारलाई आशिर्वाद दिदै नागरिकहरुले अबको परिवर्तन एमालेले गर्ने भन्दै एमालेलाई नै भोट दिने बताएका छन ।

बुढेसकालको साहरा एमाले बनेको भन्दै धनगढी ८ का जुद्दराम रानाले एमालेलाई नै भोट दिने बताए । प्रचारप्रसारमा रहेका धनगढी उपमहानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द र उपप्रमुख पदका उम्मेदवार कन्दकला रानालाई आशीर्वाद दिदै उनले जितको शुभकामना समेत दिए । ‘बुढेसकालमा मलाई हास्न सिकायो’,उनले भने, ‘नमरुन्जेलसम्म मेरो साथ नेकपा एमालेलाई नै हुन्छ ।’

त्यस्तै एमालेकै सरकारले विभिन्न कार्यक्रम संचानल गरि आफुहरुलाई विभिन्न समयमा रोजगारिका अवसर सृजना गरेको वडा नं ८ कै स्थानिय कुलविर चौधरीले बताए । ‘एमालेको सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएर समाजसेवासंगै आम्दानीको आधार देखायो’, उनले भने, ‘अबको हाम्रो आशा र भरोसा नै नेकपा एमाले हो र एमालेलाई नै भोट दिएर जिताउने हौं ।’

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 49

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर