देउवाले भने- यस्तो राम्रो काम गर्ने रेनुलाई हरायो भने जनताले के भन्लान्

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई जिताउन आग्रह गरेका छन्।

 

उनले चुनावी तालमेललाई लिएर कांग्रेसभित्र कुनै बखेडा नगर्न पनि निर्देशन दिएका थिए। आफू महाधिवेशनमा ८२ प्रतिशत मत ल्याएर जितेको देउवाको भनाइ थियो।

देउवाले चितवनको मेयरका रूपमा रेनुले पाँच वर्ष राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरेका छन्।

रेनुले यहाँ जितिसक्नुभएको छ, हाम्रो पार्टीले बखेडा गर्नु आवश्यक छैन,’ आज चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा उनले भने, ‘साथीहरूले रेनु दाहालजीलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’

 

उनले रेनुको नेतृत्वमा विभिन्न ठाउँमा सडक कालोपत्र भएको पनि बताए। ‘उहाँले स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको छ के यो सानो कुरा हो?’ देउवाले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सभाहल बनेका खण्डमा यहाँ राम्रो हुनेछ।’

उनले यस्तो काम गर्ने मानिस नै मेयर हुनुपर्ने बताए। ‘यस्तो काम गर्ने मानिस नभएर को हुन्छ यहाँ?,’ उनले भने।

उनले एक्लै कुनै पनि पार्टीले बहुमत नल्याउने भएकोले गठबन्धन आवश्यक पर्ने बताए। साथै उनले चितवनमा गठबन्धनको विरोध हुनु भनेको गठबन्धन टुटाउने षड्यन्त्र भएको दाबी गरेका थिए।

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। भरतपुरबाट गठबन्धन टुटाउन हुन्न। गठबन्धन टुट्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ देउवाले भने, ‘राम्रो काम गर्‍यो भने भोलि हाम्रा साथीले पनि ठाउँ पाउनुहुन्छ। हामीलाई अर्कोपटक सहयोग गर्नुस् भनौंला। रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो। यस्तो राम्रो काम गर्ने मानिसलाई हरायो भने यहाँका जनताले के भन्लान

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सजिलो मानिस भएको पनि बताए। ‘प्रचण्ड सजिलो मानिस हुनुहुन्छ तपाईंहरूले चिन्नुभएकै छैन,’ उनले भने।

 

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर