धनगढीमा निस्कियो एमालेको विशाल मोटरसाईकल र्‍याली

धनगढी । मतदानका लागी अब केही दिन मात्रै बाँकी रहँदा धनगढीमा नेकपा एमालेको बृहत् मोटरसाइकल र्‍याली निस्किएको छ । वडा नं १४, १८ र १९ को संयुक्त आयोजनामा आइतबार र्‍यालीको आयोजना गरिएको हो ।

र्‍यालीमा तिनै वडाका एक हजार बढी मोटरसाइकलको उपस्थिति रहेको छ ।

र्यालीमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द, उपमेयर पदकी उम्मेदवार कन्दकला राना, वडाका उम्मेदवार, पार्टीका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि राना, पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज लीला भण्डारी, प्रदेश सदस्य जीवन बम, राजेश खाती लगायतको उपस्थिति रहेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर