सञ्जुलाई अन्तिम श्रद्धान्जली दिएर शव बर्दिया लगियो

१३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाएकी सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदले मंगलबार अन्तिम श्रद्धाञ्जली दिएको छ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद परिसरमा राखेप सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फूलमाला तथा अबिरबाट श्रद्धाञ्जली अर्पण गरे।

यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले स्व। चौधरीको सवमा अविर तथा फूलमालाले श्रद्धाञ्जली ब्यक्त गरेका थिए।

 

ललितपुरको लुभुमा मंगलबार झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्जुको पार्थिव शरीर श्रद्धाञ्जलीका राखेपको परिसरमा राखिएको थियो। पाटन अस्पतालमा पोस्टमाटमपछि सन्जुको पार्थिव शरीर रंगशाला ल्याएको थियो।

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी सन्जुको प्रारम्भिक रिपोर्ट आत्महत्या देखिएको छ ।

 

१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन उनी काठमाडौं आएकी थिइन । एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन । सञ्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन्।

बाँके आदर्श टोल निवासी चौधरीको शव आजै उनको जन्म घर बर्दिया लगिएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर