बुटवलमा मेयर उम्मेदवारकी पत्नीले मतदाता प्रभावित पार्न पैसा बाँड्न खोजेको आरोप

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराईकी पत्नी माया भट्टराईलाई मतदाता प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लागेको छ।

 

बुधबार दिउँसो बुटवल- ११ माझगाउँ निवासी सृजना भुसालको घरमा गएकी भट्टराईलाई स्थानीयले पैसा बाँड्न आएको आरोप लगाएका छन्।

आफ्नै छिमेकी लक्ष्मी भट्टराईसँग माझगाउँ गएकी भट्टराईलाई स्थानीयले पैसा बाँड्न आएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले भने स्थानीयले भनेजस्तो पैसा बाँड्न आएको नदेखिएकोले सामान्य सोधपुछ गरी घर पठाइएको जनाएको छ।

 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले घटनास्थल र उनको साथबाट पैसा बाँड्न गएको कुनै पनि प्रमाण फेला नपरेको सेतोपाटीलाई जानकारी दिए।

स्थानीयले मतदाता प्रभावित पार्ने गरी पैसा बाँड्न आएको जानकारी दिएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो, तर भट्टराईको साथबाट र घरमा समेत खानतलासी गर्दा पैसा बाँड्न गएको भन्ने देखिएन, स्थानीयले हुलदंगा गरेपछि गठबन्धन र एमालेका प्रतिनिधिलाई राखेर छलफलपछि उहाँलाई घर पठाइएको हो,’ उनले भने।

आरोपित भट्टराईले आफ्नै छिमेकी लक्ष्मी भट्टराईसँग क्यान्सर रोगबाट पीडित बुटवल-११ माझगाउँ निवासी लिला अर्याललाई भेट गर्न गएको र फर्किने क्रममा सृजनालाई समेत भेट गरी फर्किने क्रममा एक्कासि स्थानीयले होहल्ला गरी आफ्नो बदनाम गर्ने प्रयास गरेको बताइन्।

 

भट्टराईले चिनेजानेका साथीलाई सन्चो/बिसन्चो सोधिरहेकै बखत नेपाली कांग्रेसका कार्यकर्ताहरूले घेराउ गरी पैसा बाँड्न आएको आरोप लगाउँदै प्रहरीलाई बोलाएको बताइन्

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर