बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, ३० जना घाइते

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। बिहीबार बिहान करिब ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर