सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले गर्‍यो मतदान केन्द्रको निरीक्षण

पूर्वप्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ।

 

पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्वआयुक्त इला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो।

 

मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्वप्रधानन्यायाधीश कार्कीले मतदानस्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन्।

उनले मतदान केन्द्रमा महिला र पुरूषहरूका लागि छुट्टै ठाउँ बनाएर मतदान गर्ने व्यवस्था मिलाएको पनि बताइन्।

 

उनले मतदानस्थलमा पानी परेमा ओत लाग्ने गरी लाइनको व्यवस्था मिलाएर मतदान केन्द्रलाई व्यवस्थित बनाएको बताइन्।

पर्यवेक्षक कार्कीले भनिन्, ‘सबै व्यवस्था राम्रो भएको छ। यहाँ महिला र पुरूषहरूका लागि छुट्टै मतदान गर्ने व्यवस्था मिलाएको रहेछ। राम्रो छ। सबै व्यवस्था आजसम्मका लागि मिलाएको छ। यसलाई निरन्तरता दिएर भोलि निर्धक्क, भयरहीत भई निर्वाचन गर्न सक्ने विश्वास लिएकी छु।’

स्थानीय तहको निर्वाचन भोलि (शुक्रबार) देशभर एकसाथ हुँदैछ।

 

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा र मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिरहेको छ। आजसम्म स्थानीय तहको निर्वाचनका लागि सबै तयारी सक्ने र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउने निर्वाचन आयोगले जनाएको छ।

मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ।

 

त्यस्तै, आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरूले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर