गोदावरीमा काँग्रेसको अग्रता, लेखराजका भाइ परे पछाडि

कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । नगरपालिको १०१८ मत गणना हुँदा वडा काँग्रेसका बिरेन्द्र भट्टले ४ सय ८ मत ल्याएका छन् भने नेकपा एमालेका गोकर्ण भट्टले ३६३ मत ल्याएर उनलाई पछ्याइरहेको अवस्था छ ।

गोकर्ण एमाले सचिव लेखराज भट्टका सहोदर भाइ हुन् । ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका गोकर्ण एमाले उम्मेदवार हरिसिंह साउदसँग पराजित भएका थिए । नेकपा भंग भएर एमाले र माओवादी पूर्ववत् अवस्थामा पुगेपछि लेखराजसहित गोकर्ण पनि एमालेमा लागेका थिए ।

अहिले उनी एमालेबाट उम्मेदवार छन् । तर गोदावरीमा पाँच दलीय गठबन्धन भएको छ । गठबन्धनबाट काँग्रेसका मेयर र एकीकृत समाजवादीका उपमेयरको उम्मेदवार रहेका छन् ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर