कैलारीमा गठबन्धनले कारबाही गरेको उम्मेदवारलाई आधिकारिक भन्दा बढी मत, राप्रपालाई अग्रता

कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनले कारबाही गरेको उम्मेदवारले आधिकारिक उम्मेदवार भन्दा बढी मत पाएका छन् ।
तीन दलीय गठबन्धनको आधारमा कैलारी गाउँपालिका अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति भएको थियो । सोही सहमति अनुसार कैलारी गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसका भागमा भगवती चौधरीले उम्मेदवारी दिएका थिए ।
पार्टीबाटै उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेसका उम्मेदवार राम समझ चौधरीले अहिले गठबन्धनको भन्दा बढी मत ल्याएका हुन् ।
पाँच सय मत गणना हुँदा अहिले सम्म राप्रपाका अध्यक्ष उम्मेदवारले १८२ मत पाएका छन् । त्यस्तै अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले १४० मत पाएका छन् । तेस्रो अवस्थामा रहेको माओवादी केन्द्रले १ सय मत पाएको छ ।
माओवादीका उम्मेदवार रहेका लाजुराम चौधरी अहिलेका गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । २६ गते कैलारी पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लाजुराम चौधरीलाई मत मागेका थिए ।
उपाध्यक्षमा पनि राप्रपा अगाडी छ । उपाध्यक्षमा पनि काँग्रेसका उम्मेदवार दोस्रोमा छन् । कांग्रेस उम्मेदवारले १४६ मत पाएका छन् । माओवादीकी बागी उम्मेदवारले ११५ मत पाएकी छन् । माओवादीको तर्फबाट उम्मेदवारी दिएकी लक्ष्मी चौधरी सत्गौवा गठबन्धनको बागी उम्मेदवार हुन् । तर, माओवादी अध्यक्ष प्रचण्डले उनलाई पनि मत मागेका थिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर