काठमाडौ दक्षिणकाली नगरपालिका १ मा एमाले विजयी

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलले जितेको छ । एमालेका जय थापामगर १ हजार ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । यो वडामा उनको प्यानल नै विजयी भएको हो । थापामगरका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयन्द्र लामाले ८ सय ५ मत पाएका छन् ।

यो नगरपालिकामा प्रमुखको उम्मेदवारमा झिनो मतान्तरले एमाले अगाडि रहेको छ । एमालेबाट मेयरका उम्मेदवार श्रीराम आचार्यले ९ सय १३ मत पाउँदा काँग्रेसका मोहन बस्नेतले ९ सय १० मत पाएका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर