एक्कासी भरतपुरमा रेणुलाई उछिन्दै विजयले लिए अग्रता,गठबन्दन जिल्ल

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

 

वडा नम्बर २ को मतगणना जारी रहँदा सुवेदीले गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग ३ मतको अग्रता हासिल गरेका हुन् । सुवेदीले २ हजार ४ सय ६८ र दाहालले २ हजार ४ सय ६५ मत पाएका छन् ।

 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ सय ५ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ९ सय ७५ मत ल्याएकी छिन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले वडाध्यक्ष जितेर विजयी सुरुआत गरेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् ।

 

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् । भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

 

यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवरा बालेन साहले ७८३ मत ल्याएका छन् । एमालेले यहाँबाट मेयरमा ३६५ र कांग्रेसले ४५१ मत पाएको छ । राप्रपाले १ सय मत पाएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर