१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि

चितवन । स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको १५ हजार १३१ मत गनिसक्दा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० मतको अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार रेनुले ५ हजार ६६ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ५ हजार ५६ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३७९ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ८३ मतसहित अग्रस्थानमा छन् भने राप्रपाकी हिमला गुरुङले ४ हजार ६९ मत पाएकी छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर