कैलालीको घोडाघोडीमा गठबन्धनको अग्रता कायमै

कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । २१ हजार १ सय ९१ मतगणना हुँदा नेकपा (एकीकृत समाजवादी) पार्टीका नगर प्रमुखमा उम्मेदवार खडक रावतले ८ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका ममता प्रसाद चौधरीले ५ हजार ८८ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३ हजार ५ सय ७ रहेको छ ।

यसै गरी गठबन्धन बाट नेपाली काँग्रेसका उपमेयर पदका उम्मेदवार गुलिया कुमारी चौधरीले ७ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका करुण बम बटलाले ४ हजार २ सय ९१ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ३ हजार ८२ रहेको छ ।त्यस्तै प्रमुखमा राप्रपाका निरज मल्लले २ हजार ३ सय ३९ मत ल्याएका छन् भने उपप्रमुखका उम्मेदवार लक्ष्मी चौधरीले २ हजार १ सय मत प्राप्त गरेका छन् ।

वडा नम्बर ४, ५ र ९ मत गणना जारी रहेको छ । वडा नम्बर १२ मा नेपाली काँग्रेसका राम दुलारे चौधरी , वडा नम्बर ११ मा जनता समाजवादीका दान सिंह जोगी, वडा नम्बर १ मा नेपाली काँग्रेसका धनश्याम ओझा, वडा नम्बर २ मा नेकपा एमालेका लक्ष्मी प्रसाद चौधरी, वडा नम्बर ३ मा नेपाली काँग्रेसका कृष्ण प्रसाद गौतम र वडा नम्बर १० मा नेपाली काँग्रेसका विजय राज स्वार विजयी भएका हुन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर